सातामै एक खर्ब रुपैयाँले घट्यो सेयर बजारको आकार

सेयर बजारको पुँजीकरण गत बिहीबार ४६ खर्ब ४७ अर्ब १८ करोड ३५ लाख थियो, यो बिहीबार ४५ खर्ब ४६ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ कायम भएको थियो।

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

The size of the stock market decreased by one billion rupees within a week

What you should know

काठमाडौँ — गत साता नेप्से ६१.२३ अंकले घटेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) समेत १ खर्ब ४४ करोड २० लाख रुपैयाँले घटेको छ । सेयर बजारको आकार (पुँजीकरण) गत बिहीबार ४६ खर्ब ४७ अर्ब १८ करोड ३५ लाख रुपैयाँ थियो । यो बिहीबार ४५ खर्ब ४६ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ कायम भएको छ ।

सूचीकृत कम्पनीहरूको सेयर संख्यालाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।

सेयर बजारको आकार घट्नुलाई लगानीकर्ताको सम्पत्तिको मूल्य घटेका रूपमा पनि विश्लेषण गरिन्छ । गत साता कारोबारमा आएकामध्ये धेरैजसो कम्पनीको सेयर मूल्य घटेपछि समग्र कुल बजार पुँजीकरण पनि घटेको हो । गत साता कारोबारमा आएकामध्ये १७ कम्पनीको मूल्य बढ्यो भने २ सय ३५ कम्पनीको मूल्य घट्यो ।

गत साता दुई दशमलव २० प्रतिशतले घटेर नेप्से २७ सय १९ दशमलव ७७ बिन्दुमा बन्द भएको छ । एनपी स्टक्स डटकमका अनुसार यो साता सबै उपसमूह घट्यो । घट्नेमा सबैभन्दा बढी जलविद्युत् ३.२६ र सबैभन्दा कम बैंकिङ शून्य दशमलव ७७ प्रतिशत रह्यो । निर्जीवन बिमा २ दशमलव 

शून्य दुई, जीवन बिमा २ दशमलव २४ र लगानी २ दशमलव ४७ प्रतिशतले घटे ।गत आइतबार ६ अर्ब ६ करोड, सोमबार ५ अर्ब १० करोड, मंगलबार ४ अर्ब ४३ करोड, बुधबार ४ अर्ब ७२ करोड र बिहीबार ५ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधरमा नेपाल पुनर्बिमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एभरेस्ट बैंक, शिवम् सिमेन्ट, नेएनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी, बुटवल पावर र युनाइटेड मोदी हाइड्रोपावर अघि रहे ।

नेपाल पुनर्बिमा कम्पनीको १ अर्ब ५७ करोड ६६ लाख, हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ९ करोड २६ लाख, हिमालयन डिस्टिलरीको ९० करोड ८ लाख, युनियन हाइड्रोपावरको ७० करोड ३५ लाख, एभरेस्ट बैंकको ५८ करोड १९ लाख, शिवम् सिमेन्टको ५६ करोड ७८, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५२ करोड ७८ लाख, लिबर्टी इनर्जीको ५१ करोड १५ लाख, बुटवल पावरको ४५ करोड ७८ लाख र युनाइटेड मोदी हाइड्रोपावरको ४० करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

गत साता सबै बढी कमाउने र गुमाउने कम्पनीमा लघुवित्त र जलविद्युत्कै वर्चस्व रह्यो । हिमस्टार ऊर्जा कम्पनीको ४१.१२, युनियन हाइड्रोपावरको १०.३९, उपकार लघुवित्तको ४.७४, माथिल्लो मैलुङ खोला जलविद्युत्को ४.१७, विन्दाबासिनी हाइड्रोपावरको ३.४१, स्टान्डर्ड चार्टड बैंकको ३.४१, आत्मनिर्भर लघुवित्तको २.८६, आशा लघुवित्तको २.४४, राष्ट्रिय बिमाको २ दशमलव शून्य १ र कामना सेवा विकास बैंकको शून्य दशमलव ९९ प्रतिशतले सेयर मूल्य बढ्यो ।

पिपुल्स पावरको १७.७९, नेपाल रिपब्लिका मिडियाको १४.३८, छ्याङ्दी हाइड्रोपावरको १३.७०, विकास हाइड्रोपावरको १२.९५, पिपुल्स हाइड्रोपावरको १२.२७, दोर्दी खोला जलविद्युत्को १२.०८, पियोर इनर्जीको १२.०७, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ११.८७, सिक्लेस हाइड्रोपावरको ११.२६ र उन्नति सहकार्य लघुवित्तको १०.९८ प्रतिशतले सेयर मूल्य घट्यो । यी कम्पनीको सेयर मूल्य घटेसँगै लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए ।

गत साता कमाएका कम्पनी 

–हिमस्टार ऊर्जा कम्पनी : ४१.१२ प्रतिशत 

–युनियन हाइड्रोपावर : १०.३९ प्रतिशत 

 –उपकार लघुवित्त : ४.७४ प्रतिशत 

 –माथिल्लो मैलुङ खोला जलविद्युत् : ४.१७ प्रतिशत 

 –विन्दवासिनी हाइड्रोपावर : ३.४१ प्रतिशत 

 –स्ट्यान्डर्ड चार्टर्ड बैंक : ३.४१ प्रतिशत 

 –आत्मनिर्भर लघुवित्त : २.८६ प्रतिशत 

 –आशा लघुवित्त : २.४४ प्रतिशत 

गता साता गुमाएका कम्पनी 

 –पिपल्स पावर : – १७.७९ प्रतिशत 

 –नेपाल रिपब्लिका मिडिया : –१४.३८ प्रतिशत 

 –छ्याङ्दी हाइड्रोपावरः –१३.७० प्रतिशत 

 –विकास हाइड्रोपावर : –१२.९५ प्रतिशत 

 –पिपल्स हाइड्रोपावर : –१२.२७ प्रतिशत 

 –दोर्दी खोला जलविद्युत् : –१२.०८ प्रतिशत 

 –पियोर इनर्जी : –१२.०७ प्रतिशत 

 –राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन : –११.८७ प्रतिशत 

कान्तिपुर

Link copied successfully