सुनको भाउमा पुन: रेकर्ड, तोलाकै २ लाख १० हजार ४ सय रुपैयाँ

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५ सयले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Another record in the price of gold, 2 lakh 10 thousand 400 rupees per tola

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले पुन: रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५ सयले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

स्थानीय बजारमा बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३ हजार ५ सय ५६ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । महासंघका अनुसार सुनको भाउ बढ्नुमा मुख्यतया दुई कारण रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका भन्सार शुल्क अर्थात् ट्यारिफ । अर्को हो, बैंक अफ युकेको ब्याजदर नीति ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ९० देशमा भन्सार शुल्क बढाएका छन् । ट्रम्पको नीतिले विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा समेत असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बैंक अफ युकेले ब्याजदर ०.२५ प्रतिशत घटाएको छ । बैंकले ब्याजदर ४.२५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको अवस्थामा लगानीकर्ता सुनमा आकर्षित भएको देखिन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully