६.५५ अंकले घट्यो नेप्से, ५ अर्ब १४ करोडको कारोबार

कुल ८५ कम्पनीको सेयर मूल्य बढ्यो, १६५ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by 6.55 points, turnover of 5.14 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६.५५ अंकले घटेको छ । शून्य दशमलव २४ प्रतिशतले घटेर नेप्से २७ सय १९ दशमलव ७७ विन्दुमा बन्द भएको हो ।

पछिल्ला तीन कारोबार दिनयता नेप्से निरन्तर घटिरहेको छ । मंगलबार १९.८९ र बुधबार १५.६४ अंकले घटेको थियो ।

कुल ८५ कम्पनीको सेयर मूल्य बढ्यो भने १६५ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।कुल ६९ हजार २४ पटकको किनबेचबाट ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

साताको अन्तिम दिन बिहीबार व्यापार र सामूहिक लगानी कोषबाहेक सबै उपसमूहहरु घट्यो । व्यापार २३.४६ अंकले बढ्दा सामूहिक लगानी कोष शून्य दशमलव शून्य २ प्रतिशतले बढ्यो । घट्ने उपसमूहमा जिवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधनलगायत रह्यो । 

कान्तिपुर

Link copied successfully