आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । 

भाद्र १९, २०८२

रासस

Gold price stable today

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । 

बुधबार प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully