आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्दै 

नेपाल राष्ट्र बैंकले आज (बुधबार) बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Today the National Bank is withdrawing 50 billion rupees

काठमाडौँ — अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २५ दिनका लागि राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि व्यवस्थापनका लागि उल्लिखित रकम झिक्न लागिएको हो ।

बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully