एक तोला सुनको मूल्य २ लाख ७ हजार ९ सय

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यले उचाइ लिँदा नेपाली बजारमा प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको छ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

The price of one tola of gold is 2 lakh 7 thousand 900

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९ सयमा कारोबार भएकोमा आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully