नेप्सेमा १९ अंकको गिरावट, साढे ४ अर्बको सेयर किनबेच   

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर बजार मंगलबार १९.८९ अंकले घटेको हो ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

19 points decline in NEPSE, buying and selling of 4.5 billion shares

काठमाडौँ — सोमबारको तुलनामा ०.७२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ४१.९७ विन्दुमा ओर्लेको छ । गत बिहीबार ३८ अंक र आइतबार ३१ अंकले घटेको नेप्से सोमबार भने दोहोरो अंकले बढेको थियो । यो वृद्धि मंगलबारसम्म टिकेन । 

सो दिन कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २२१ वटाको घट्यो । यसरी सेयर मूल्य बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।  

सो दिन ८९ हजार ७ सय ७५ पटकको कारोबारमा १ करोड ५ लाख ३५ हजार ८ सय ७४ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ५ अर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १३ वटै उपसमूहकै परिसूचक घटेपछि समग्र नेप्से झण्डै २० अंकले घटेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully