नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य दुई लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार हुने जानकारी दिएको छ।
काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ । आइतबार स्थानीय बजारमा प्रतितोला रूपैयाँ दुई लाख तीन हजार ६ सय रूपैयाँमा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा एक हजार सात सय रूपैयाँ बढेको हो ।
आज सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४७० रूपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ रूपैयाँमा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।
