सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको छ ।
काठमाडौँ — अघिल्ला दुई कारोबार दिन करिब ७० अंकले घटेको सेयर बजारमा सोमबार १२.०३ अंकको सुधार भएको हो । अघिल्लो दिनको तुलनामा ०.४३ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ७ सय ६१.८६ विन्दुमा उक्लेको छ ।
सो दिन कारोबारमा आएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटाको घट्यो । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो । यसरी सेयर मूल्य बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी कम भएपछि समग्र नेप्सेमा दोहोरो अंकको बढेको हो ।
सो दिन ६८ हजार ७ सय ७५ पटकको कारोबारमा १ करोड १४ लाख ४० हजार ८ सय ४४ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार ६ अर्ब ६ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये व्यापार र अन्य बाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो ।
