एलपी ग्याँस उद्योग संघको अध्यक्षमा चन्द निर्वाचित

धर्मराज बर्तौला र आशिष अग्रवाल उपाध्यक्षमा चयन भए, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा आयुष नेपाल, सचिवमा सुदीप घिमिरे निर्वाचित।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Chand elected as president of LP Gas Industry Association

काठमाडौँ — नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । संघको ३०औं वर्षिक साधारणसभा र १२औं अधिवेशनबाट चन्द अध्यक्षमा निर्वाचित भएका हो । संघको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रराज पौडेल निर्वाचित भएका छन् ।

दुई उपाध्यक्षमा धर्मराज बर्तौला र आशिष अग्रवाल(जाजोदिया) चयन भएका छन । महासचिवमा अमित अग्रवाल, कोषाध्क्षमा आयुष नेपाल, सचिवमा सुदीप घिमिरे निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरूमा  सुनील सिन्हा, लोकहर्ष शाक्य, विमल कालाखेती, राजेन्द्रप्रसाद दंगाल, विमला सुवेदी ढुङ्गाना र मनिषकुमार जोशी निर्वाचित भएका छन । 

कान्तिपुर संवाददाता

Link copied successfully