डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

पेट्रोल र खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमको विज्ञप्तिमा उल्लेख छ । 

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Diesel/kerosene and aviation fuel prices fell

काठमाडौँ — नेपाल आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेल लिटरमा ४ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ घटाउने निगम सञ्चालक समितिले निर्णय गरेको हो । 

निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ रुपैयाँ घटेको छ । साथै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्ट (बराबर मूल्य) बिक्री मूल्य कायम गरिएको छ । 

पेट्रोल र खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ ।

Diesel/kerosene and aviation fuel prices fell

कान्तिपुर संवाददाता

Link copied successfully