सेयर बजारको सुधार टिकेन, ३८ अंकले घट्यो नेप्से  

अघिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्से बिहीबार करिब ३८ अंकले घटेको छ ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

The recovery of the stock market did not last, NEPSE fell by 38 points

काठमाडौँ — गत सोमबार २१, मंगलबार ४ र बुधबार ५३  अंकले बढेको नेप्से बिहीबार ३८.१० अंकले घटेको हो । अघिल्लो दिनको तुलनाका १.३५ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ८१ विन्दुमा ओर्लेको छ । 

सो दिन कारोबारमा आएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटाको घट्यो । यसरी सेयर मूल्य बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्सेमा ३८ अंकको गिरावट भएको हो । 

सो दिन ७८ हजार ३ सय ७९ पटकको कारोबारमा  १ करोड ७८ लाख ९१ हजार ९ सय १७ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

बिहीबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र निर्जीवन बिमा कम्पनीबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घटेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully