उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच बिहीबार भेटघाट भएको छ ।
काठमाडौँ — भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरूको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री पौडेलले नेपाल चीनबीचको व्यापारका लागि नाकाहरूमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । त्यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
