सुनको मोल तोलमा चार सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।
काठमाडौँ — स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मोल तोलमा चार सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
हिजो बुधबार एक तोला सुन एक लाख ९९ हजार रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ रुपैयाँमा क्रयविक्रय भएको थियो ।
