आज कुन तरकारीको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

भाद्र ११, २०८२

रासस

What is the price of vegetables today?

What you should know

काठमाडौँ — समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४४ रुपैयाँ र आलु सेतो प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ। 

त्यस्तै, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४१ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १३० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १२० रुपैयाँ, काउली (तराई) प्रतिकिलो ११० रुपैयाँ, रातो मूला प्रतिकेजी ५५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ५५ रुपैयाँ, तने बोडी प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, टाटे सिमी प्रतिकिलो १०० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १२० रुपैयाँ, तीतो करेला प्रतिकिलो ७० रुपैयाँ, लौका प्रतिकिलो ६५ रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ७० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३५ रुपैयाँ, घिरौला प्रतिकिलो ६५ रुपैयाँ, झिगुनी प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७० रुपैयाँ, सलगम प्रतिकिलो १०० रुपैयाँ, भिण्डी प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ । 

त्यसैगरी, पिँडालु प्रतिकिलो ८० रुपैयाँ, स्कूस प्रतिकिलो ३० रुपैयाँ, रायोसाग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो १६० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ३०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ९० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १७० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, कुरिलो प्रतिकिलो ४०० रुपैयाँ, निगुरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो २६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३०० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, सेलरी प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो १३०० रुपैयाँ, पुदिना प्रतिकिलो ८२५ रुपैयाँ, इमली प्रतिकिलो १९० रुपैयाँ, तामा प्रतिकिलो ११० रुपैयाँ, तोफु प्रतिकिलो १२० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३२० रुपैयाँ, केरा (दर्जन) १४५ रुपैयाँ, कागती प्रतिकिलो १६० रुपैयाँ, अनार प्रतिकिलो ३६० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो ३५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ८० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, रुखकटहर प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो १०० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो २५० रुपैयाँ र लप्सी प्रतिकिलो ६० रुपैयाँ, किबी प्रतिकिलो ४०० रुपैयाँ, सरिफा प्रतिकिलो २५० रुपैयाँ र आभोकाडो प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो १८० रुपैयाँ, अदुवा प्रतिकिलो १२० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ६० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ५० रुपैयाँ, खुर्सानी हरियो माछे प्रतिकिलो ८० रुपैयाँ, खुर्सानी अकबरे प्रतिकिलो २५० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो ८० रुपैयाँ, लसुन हरियो प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ४०० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १३० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३३० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २९० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २६० रुपैयाँ, रुख टमाटर प्रतिकिलो २०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

रासस

Link copied successfully