सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

सुनको मोल तोलमा तीन सयले बढेको छ भने चाँदी १५ ले घटेको छ।

भाद्र ११, २०८२

रासस

Normal fluctuations in the price of gold and silver

काठमाडौँ — स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा तीन सयले बढेको छ भने चाँदी १५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ । 

हिजो मङ्गलबार एक तोला सुन एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३६० मा क्रयविक्रय भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

रासस

Link copied successfully