नेप्से ५३.०१ अंकले बढ्यो

कारोबारमा आएका मध्ये २३२ कम्पनीको सेयर मूल्य बढ्यो भने १९ कम्पनीको घट्यो।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by 53.01 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५३.०१ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा १ दशमलव ९१ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ८१९.१० विन्दुमा पुगेको छ।

उक्त दिन कारोबारमा आएका मध्ये २३२ कम्पनीको सेयर मूल्य बढ्यो भने १९ कम्पनीको घट्यो।

७२ हजार ५२८ पटकको कारोबारमा १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच भयो। ती किनबेचमा ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

सबै उपसमूह बढे। जीवन बीमा, उत्पादन तथा प्रशोधन, विकास बैंक, अन्य र व्यापार उपसमूह उकालिएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully