सुनचाँदीको मूल्य बढ्यो

नेपालमा सुनको मूल्यमा बृद्धि, एक तोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा पुगेको छ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

The price of gold rose

काठमाडौँ — स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा एक हजार ५ सय रुपैयाँ र चाँदीमा पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँद दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

सोमबार एक तोला सुन एक लाख ९७ हजार २सय रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ रुपैयाँमा क्रयविक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully