सरकारले विदेशी लगानीको वातावरण तयार पारिरहेको छ : अर्थमन्त्री पौडेल

सांस्कृतिक राष्ट्रियतालाई जोड्न एएनओ जस्ता संस्थाको भूमिका रहेको अर्थमन्त्री पौडेलले बताए ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

The government is preparing the environment for foreign investment: Finance Minister Paudel

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई नेपालमा आएर लगानी गर्न आह्वान गरेका छन् ।

एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशन उद्घाटनमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने, 'सरकारले पनि विदेशी लगानीको वातावरण तयार पारिरहेको छ र अझै सहजीकरण गर्न तयार छ ।'

कार्यक्रममा उनले  सांस्कृतिक राष्ट्रियतालाई जोड्न  एएनओ जस्ता संस्थाको भूमिका रहेको बताए । एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालीहरुको सुनौलो भविष्य निर्माणमा सहयोग पुगोस् भनेर नै विश्वका ३२ वटा देशमा रहेका नेपालीहरुको सहभागितामा गत वर्ष थाइल्याण्डमा संस्था गठन गरेको बताए ।

पूर्वउपरथी कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा १३ सदस्यीय एनओ समिति एएनको नेपाल च्याप्टर गठन पनि गठन भएको छ । जसमा उपाध्यक्षमा राजेन्द्र अधिकारी र महासचिवमा फूलमान बल रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully