कुल ५७ हजार १५७ पटकको सेयर किनबेचबाट ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
काठमाडौँ — तीन दिनयता लगातार घटिरहेको सेयर कारोबार मापक नेप्से परिसूचक २१.३० अंकले बढेको छ । शून्य दशमलव ७७ प्रतिशतले बढेपछि नेप्से विन्दु २७ सय ६१ दशमलव २६ विन्दुमा उक्लिएको छ ।
कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्यो भने ७१ कम्पनीको मूल्य घट्यो । कुल ५७ हजार १५७ पटकको सेयर किनबेचबाट ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार मात्रै १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर किनेबच भयो ।
उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोष उपसमूह घट्यो भने बाँकी सबै उपसमूहहरू बढ्यो ।
नारायणी विकास बैंकको ९.९९, विकास हाइड्रोपावर कम्पनीको ९.९८, साना किसान विकास लघुवित्तको ५.२६, नेपाल रिइन्स्योरेन्स कम्पनीको ५.१० र नबिल डिबेञ्चर २०८५ को ४.५५ प्रतिशतले सेयर मूल्य बढ्यो ।
