सुनचाँदीको मूल्य बढ्यो

सुनको मोल तोलमा दुई हजार ३०० र चाँदीमा ४० ले बढेको छ ।

भाद्र ८, २०८२

रासस

The price of gold rose

काठमाडौँ — स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा दुई हजार ३०० र चाँदीमा ४० ले बढेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ । 

शुक्रबार एक तोला सुन एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१० मा क्रयविक्रय भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

रासस

Link copied successfully