चेम्बर अफ कमर्स रुपन्देहीको अध्यक्षमा रोक्का

चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को ९ औं अधिवेशनबाट सचिन रोक्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

भाद्र ८, २०८२

सन्जु पौडेल

Rokka as President of Chamber of Commerce Rupandehi

तिलोत्तमा — चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को ९ औं अधिवेशनबाट सचिन रोक्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार भैरहवामा सम्पन्न १८ औं  वार्षिक साधारणसभा  तथा ९ औं अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राममिलन यादव, उपाध्यक्ष (उद्योगतर्फ) मधुसुदन अर्याल, उपाध्यक्ष (वाणिज्यतर्फ) सुरेन्द्रकुमार पाण्डेय, महासचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा धीरजकुमार मल्लिक, सचिवमा गौतमकुमार गुप्ता, कृष्णप्रसाद पाण्डे र सह-कोषाध्यक्षमा सन्तोष शुक्लालाई चयन गरेको हो ।

त्यस्तै एसोसिएट सदस्यमा राम अवध गुप्ता, सदस्य (उद्योगतर्फ) रामप्रसाद भण्डारी, रामप्रसाद श्रेष्ठ र राजन विश्वकर्मा तथा सदस्य (वाणिज्यतर्फ) दिनेश गुप्ता, गोविन्द सापकोटा जैसी, शम्भुप्रसाद यादव, विष्णु कँडेल, शिवम जयसवाल, कृष्णप्रसाद मरासिनी र प्रियाबन्धु न्यौपाने रहेका छन् । सदस्य (महिलातर्फ) माया खनाल र गीता गैरे बन्जाडे चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ । साथै अध्यक्ष रोक्काले सिकन्दर अली र अब्दुल कयुमलाई कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully