औसत बजार भाउ ४.०६ प्रतिशत, तरकारी सबैभन्दा महँगो

आर्थिक वर्ष २०८१/८२ मा तरकारीको मूल्यवृद्धि १०.७१, घ्यु तथा तेलको ८.७२, दाल तथा गेडागुडीको ७.९० र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Average market price 4.06 percent, vegetables the most expensive

काठमाडौँ — गत आर्थिक वर्षमा औसत बजार भाउ (उपभोक्ता मूल्यवृद्धिदर) ४.०६ प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो वृद्धिदर ५.४४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१, घ्यु तथा तेलको ८.७२, दाल तथा गेडागुडीको ७.९० र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । मरमसला उपसमूहको मूल्य सूचकांक २.६२ र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ९.३९, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully