बिहीबार सुनको मूल्यमा परिवर्तन, चाँदी दुई हजार ३३० रुपैयाँमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस ३,३२९ डलरमा कारोबार।
काठमाडौँ — स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २ रुपैयाँ निर्धारण भएको छ ।
त्यति नै परिमाणको चाँदी दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८ रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २९० रुपैयाँमा क्रयविक्रय भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
