कारोबारमा आएकामध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घट्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी बढी भएपछि समग्र नेप्से झण्डै दोहोरो अंकले घटेको हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ९.२२ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ५७.९७ विन्दुमा ओर्लिएर बन्द भएको छ ।
सो दिन कारोबारमा आएकामध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घट्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी बढी भएपछि समग्र नेप्से झण्डै दोहोरो अंकले घटेको हो ।
सो दिन ५६ हजार ८ सय २४ पटकको कारोबारमा १ करोड ६८ लाख ५५ हजार ९ सय ६ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये निर्जीवन बीमा बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से झण्डै दोहोरो अंकले ओरालो लागेको हो । निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१४ प्रतिशतले सकारात्मक रहेको छ ।
