नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो

कारोबारमा आएकामध्ये १४२ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १०७ वटाको घट्यो ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

NEPSE index increased, turnover decreased

What you should know

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक  ६.५१ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा   शून्य दशमलव २३ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ७ सय ७६.९० विन्दुमा उक्लिएको छ ।

उक्त दिन कारोबारमा आएकामध्ये १४२ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १०७ वटाको घट्यो । ६१ हजार ७ सय ८४ पटकको कारोबारमा १ करोड ३१ लाख २४ हजार  ३१० कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ५ अर्ब ६३ करोड ६५  लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम घटेको छ । स‍ोमबार ६ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको थियो । सबै उपसमूहहरू बढ्यो । जीवन बीमा, उत्पादन तथा प्रशोधन,विकास बैंक, लगानी, अन्य र व्यापार उपसमूह बढ्यो । 

कान्तिपुर

Link copied successfully