अर्थशास्त्रमा एमफिल गरेका घिमिरेले केन्द्रीय बैंकमा विभिन्न विभागमा काम गरेर आफ्नो छवि बनाएका थिए।
काठमाडौँ — नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार घिमिरेले अध्यक्षमा नियुक्त गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एम.ए र एम.पी.ए गरेका घिमिरे नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।
उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा काम गरेका थिए ।
