सातामै १ खर्ब १ अर्बले खुम्चियो बजार

नेप्से परिसूचक घट्दा गत साता सेयर बजारको आकार (पुँजीकरण) १ खर्ब १ अर्ब ४८ करोड ७१ लाख रुपैयाँले खुम्चिएको छ ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

The market shrank by 1 trillion 1 billion in a week

What you should know

काठमाडौँ — गत साताभर नेप्से परिसूचक ६२.०१ अंकले घटेको छ । उक्त अवधिमा २.१८ प्रतिशतले घटेर नेप्से २७८८.३६ बिन्दुमा ओर्लिएको हो । अन्यबाहेक सबै उपसमूह घट्दा गत साता समग्र नेप्से ओरालो लागेको हो । एनपी स्टक्स डटकमका अनुसार गत साता अन्य उपसमूहको परिसूचक १.५१ प्रतिशतले बढेर २६६०.९९ बिन्दुमा उक्लेको छ ।

नेप्से परिसूचक घट्दा गत साता सेयर बजारको आकार (पुँजीकरण) १ खर्ब १ अर्ब ४८ करोड ७१ लाख रुपैयाँले खुम्चिएको छ । अघिल्लो बिहीबार ४७ खर्ब ५७ अर्ब ७६ करोड ६ लाख रुपैयाँ रहेको सेयर बजारको पुँजीकरण गत बिहीबार ४६ खर्ब ५६ अर्ब २७ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।

गत साता लघुवित्त उपसमूहको परिसूचक ४.१५, फाइनान्सको ३.२७, जलविद्युत्को ३.१७, व्यापारको २.८३, बैंकिङको २.५९, विकास बैंकको २.५४, जीवन बिमाको २.४७, लगानीको १.६७, उत्पादन तथा प्रशोधनको १.२९ र होटल तथा पर्यटनको शून्य दशमलव ११ प्रतिशतले घटे । 

पछिल्ला केही दिनमा सेयर बजार सुस्त रूपमा बढिरहेकाले बजारमा खासै उत्साह नदेखिएको नेपाल स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकाल बताउँछन् । ‘बजार बढिरहेको छ । तर संस्थागत लगानीकर्ताको कमी छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले सेयर किने पनि एक वर्षसम्म बेच्न नपाउने राष्ट्र बैंकको व्यवस्था छ । त्यो परिवर्तन नभएसम्म त्यसको असर परिरहन्छ ।’

केही अंकले बढेको बजारमा सेयर बेच्ने र बाहिरिने क्रम बढ्दो रहेकाले त्यसको असर परेको हुन सक्ने ढकालको भनाइ छ । ‘सेयर बजारमा नयाँ लगानी भित्रिनुभन्दा भएको सेयर बेचेर बाहिरिने क्रम बढ्दो छ,’ उनले भने । पछिल्ला दिनको प्रवृति हेर्दा बजार बजार केही बढ्ने बिस्तारै वृद्धिसँगै करेक्सन भइरहेको ढकालको भनाइ छ ।

 गत साता २३ कम्पनीको सेयर मूल्य बढ्यो भने २ सय २७ कम्पनीको घटेको छ । उक्त अवधिमा ३० अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

The market shrank by 1 trillion 1 billion in a week

कान्तिपुर संवाददाता

Link copied successfully