कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ५१ करोड ६७ लाख दुई हजार २०१ बराबरको कारोबार भएको छ ।
काठमाडौँ — यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अंकले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो ।
आज ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा रू सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १.०३, विकास बैंक ०.५१, वित्त ०.९३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् ०.७७, लगानी ०.८३ र जीवन बिमा ०.७1 प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह १, लघुवित्त १.३१, म्युचुअल फन्ड ०.१०, निर्जीवन बिमा ०.६८, व्यापार १.६४ र अन्य समूह १.३४ प्रतिशतले घटेको छ ।
आरबीबी म्युचुअल फन्ड–१ को सेयर मूल्य सबैभन्दा बढी ७.९३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ५१ करोड ६७ लाख दुई हजार २०१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आरबीबी म्युचुअल फन्ड–१ को १३ लाख ५८ हजार ६ कित्ता किनबेच भएको छ ।
