बिहीबार सेयर बजारमा १०८ कम्पनीको मूल्य बढेको र १४१ कम्पनीको घटेको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २.६२ अंकले बढेपछि समग्र नेप्से २ हजार ७ सय ८८.३६ विन्दुमा उक्लिएको छ ।
उक्त दिन कारोबारमा आएकामध्ये १०८ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १४१ वटाको घट्यो ।
७६ हजार ५ सय ४२ पटकको कारोबारमा १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम बढेको छ । बुधबार ६ अर्ब १६ करोड रूपैयाँको कारोबार भएको थियो ।
अधिकांश उपसमूहहरू घट्यो । उत्पादन तथा प्रशोधन,विकास बैंक, लगानी, अन्य र व्यापार उपसमूह मात्रै बढे ।
