थामिएन नेप्सेको गिरावट, दोहोरो अंकले घट्यो

अघिल्लो दिनको तुलनामा ०.३७ अंकले घटेपछि नेप्से दोहोरो अंकले घटेको हो । यससँगै समग्र नेप्से २ हजार ७ सय ८५.७४ अंकमा ओर्लेर बन्द भएको छ ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Thamien Napse's decline, down by double digits

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १०.५० अकंले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३७ अंकले घटेपछि नेप्से दोहोरो अंकले घटेको हो । यससँगै समग्र नेप्से २ हजार ७ सय ८५.७४ अंकमा ओर्लेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटाको घट्यो ।

बुधबार ७० हजार ९९ पटकको कारोबारमा १ करोड ५८ लाख ४७ हजार ८ सय ७३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब १६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ७८ हजार २ सय २६ पटकको कारोबारमा १ करोड ७६ लाख ७१ हजार ६ सय ७५ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, होटेल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बमिा र व्यापार उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे पनि वृद्धिदर न्यून हुँदा समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully