सुनको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ तोकिएको छ ।

श्रावण २७, २०८२

रासस

General decline in gold prices

काठमाडौँ — गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३००ले गिरावट आएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी दुई हजार ३१५ मा कारोबार भएको थियो ।

गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी दुई हजार ३३० मा खरिदबिक्री भएको थियो । 

रासस

Link copied successfully