प्रतिबन्धात्मक सूचीमा परेकासँग कारोबार नगर्नुस् : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सोमबार निर्देशन जारी गरेर संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थासँग कारोबार नगर्न, यसअघि कारोबार गरिएको भए खाता रोक्न भनेको हो ।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

Do not do business with people who are on the restricted list: Rashtra Bank

काठमाडौँ — भुक्तानी सेवा प्रदायक (वालेट) कम्पनीले पनि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा थप काम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सोमबार निर्देशन जारी गरेर संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थासँग कारोबार नगर्न, यसअघि कारोबार गरिएको भए खाता रोक्न भनेको छ ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका लागि अनुमतिपत्र प्राप्त गरेका सबै संस्थाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा रहेका व्यक्ति, संस्था, समूह, संगठनलगायतसँग कारोबार नगर्न, यसअघि भएको कारोबारमा उनीहरूको खातामा पैसा भए रोक्का गर्न राष्ट्र बैंकले भनेको छ ।

सूचीकृत व्यक्ति, समूह वा संगठन वा त्यससँग सम्बद्ध व्यक्तिको खाता वा अन्य कुनै रकम संस्थासँग रहेको भए तत्काल रोक्का राखी कानुनअनुसार राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा र वित्तीय जानकारी इकाइलाई सूचना दिनुपर्ने व्यवस्था छ ।

कान्तिपुर संवाददाता

Link copied successfully