विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा नेपालले यस वर्ष विद्युत् निर्यातबाट साढे चार अर्ब रुपैयाँ फाइदा गरेको बताएका छन्।

श्रावण २४, २०८२

कान्तिपुर संवाददाता

Four and a half billion benefits in electricity trade: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताएका छन् ।

 प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब रुपैयाँ फाइदा गरेको बताए । 

'हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ,' प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरे । 

कान्तिपुर

Link copied successfully