सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, २ लाख रुपैयाँ नजिक

छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४ सय पुगेको छ। चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Gold prices at an all-time high, close to Rs 2 lakh

काठमाडौँ — सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । 

बिहीबार प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला दुई हजार ३१५रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

कान्तिपुर

Link copied successfully