बुधबार कारोबारमा आएकामध्ये १ सय ३८ कम्पनीको सेयर मूल्य घट्दा १ सय १२ वटाको मात्र घट्यो । यसरी कारोबारमा आएकामध्ये धेरै कम्पनीको सेयर मूल्य ओरालो लागेपछि कुल बजार पुँजीकरण पनि घटेको हो ।
What you should know
काठमाडौँ — अघिल्लो दिनको तुलनामा बुधबार सेयर बजारको आकार (कुल बजार पुँजीकरण) करिब ३ अर्ब रुपैयाँले खुम्चिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से करिब २ अंकले घट्दा सेयर बजारको आकार पनि खुम्चिएको हो । सो दिन कुल बजार पुँजीकरण ४७ खर्ब २७ अर्ब रुपैयाँ कायम भएको छ । मंगलबार यस्तो पुँजीकरण ४७ खर्ब ३० अर्ब रुपैयाँ थियो ।
बुधबार कारोबारमा आएकामध्ये १ सय ३८ कम्पनीको सेयर मूल्य घट्दा १ सय १२ वटाको मात्र घट्यो । यसरी कारोबारमा आएकामध्ये धेरै कम्पनीको सेयर मूल्य ओरालो लागेपछि कुल बजार पुँजीकरण पनि घटेको हो । कुल सूचीकृत सेयरलाई सोही दिनको बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।
बुधबार नेप्से १.९४ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन करिब साढे ४१ अंकले घटेको नेप्सेमा बुधबार सामान्य अंकले ओरोलो लागेको हो । तर नेप्से परिसूचकसँगै कारोबार रकमले पनि बजारलाई टेवा दिन सकेको छैन । जसअनुसार सो दिन कारोबार रकम घटेको छ ।
बुधबार ९३ हजार १ सय ८५ पटकको कारोबारमा २ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार सेयर बजारमा ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
समग्र नेप्से परिसूचक बुधबार निकै उतारचढावपूर्ण रहयो । दिनको कारोबारमा अधिकांश समय बजार उकालो लागेको थियो । सो क्रममा १ः४७ बजे नेप्से २ हजार ८ सय ५६.४१ अंकका पुगेको थियो । त्यसपछि घट्न थालेको बजार केही समय सम्हालिन खोजे पनि अन्तत : करिब २ अंकले ओरालो लागेको हो । यस दिन कारोबारमा आएकामध्ये लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य बढे ।
सामूहिक लगानी कोष उपसमूहको परिसूचक स्थिर छ । बाँकी सबै उपसमूहको परिसूचक घटे । व्यापार उपसमूहको परिसूचक सामान्य बढे । बाँकी सबै उपसमूहको परिसूचक घटे ।
नेप्से ऋणात्मक अवस्थामा बन्द हुँदा पनि लघुवित्त वित्तीय संस्थाका सेयरधननीले सधै नाफा कमाएका छन् । उक्त दिन विन नेपाल लघुवित्त कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको थियो । माहुली लघुवित्त, ट्रेड टावर, समाज लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि उच्च अंकले बढेको छ ।
थ्री स्टार हाइड्रोपावर, रिलायबल समृद्धि योजना, समता घरेलु लघुवित्त, युनिलिभर नेपाल र सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले नोक्सानी बेहोरेका छन् । कारोबार रकमका आधारमा भने बुधबार ङादी ग्रुप पावर सबैभन्दा अघि छ । यस दिन उक्त कम्पनीको मात्र २९ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ङादी ग्रुपसहित हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्टक्चर्स र बलेफी जलविद्युत् धेरै कारोबार हुने मुख्य पाँच कम्पनी बनेका छन् ।
