समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री पौडेलले विद्यमान कानुनको सीमाभित्र गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Finance Minister's instructions to the secretaries to implement the budget by making a timetable

काठमाडौँ — आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका सम्बन्धमा निर्धारित समयतालिका बनाएर काम गर्न सचिवहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमापरिणाम निकाल्न पनि उनले निर्देशन दिए । अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

Finance Minister's instructions to the secretaries to implement the budget by making a timetableबैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोत पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयहरुका सचिवलगायत उपस्थित रहेको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully