जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार, भदौ १० सम्म सुझाव दिने म्याद

अर्थ मन्त्रालयले जलवायु वित्त परिचालन कार्यविधि २०८२ मस्यौदामा राय सुझाव माग्दै भदौ १० सम्मको समयसीमा दिएको छ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Climate finance operational procedure draft ready, deadline for suggestions by 10 August

काठमाडौँ — जलवायु वित्त परिचालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाले उक्त मस्यौदा तयार पारेको हो ।

‘जलवायु वित्त परिचालन कार्यविधि २०८२’ नाम दिइएको उक्त मस्यौदा तयार पारेको हो । सुझाव र सल्लाहका लागि मस्यौदा अर्थ मन्त्रालयको वेवसाइटमा राखिएको छ । ०८२ भदौ १० भित्र राय सुझाव उपलब्ध गराइउन अर्थ मन्त्रालयले आग्रह गरेको छ ।

‘नेपालमा जलवायु वित्त परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जलवायु वित्त परिचालन कार्यविधि ०८२ को मस्यौदा तयार गरिएको छ,’ अर्थको सूचनामा भनिएको छ, ‘मस्यौदामा सरोकारवालाहरुको राय सुझाबका लागि अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको छ । सो मस्यौदामा ०८२ भदौ १० गतेभित्र राय सुझाव उपलब्ध गराइसक्नुपर्नेछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully