नेप्सेमा झन्डै २ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

बुधबार ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा लगानी र लघुवित्त उपसमूहको परिसूचक सामान्य वृद्धि देखियो।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

NEPSE fell by almost 2 points, trading volume also decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १.९४ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन करिब साढे ४१ अंकले घटेको नेप्सेमा बुधबार सामान्य अंकले ओरोलो लागेको हो । तर, नेप्से परिसूचकसँगै कारोबार रकमले पनि बजारलाई टेवा दिन सकेको छैन । जसअनुसार सो दिन कारोबार रकम घटेको छ ।

बुधबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घट्यो । सो दिन ९३ हजार १ सय ८५ पटकको कारोबारमा २ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता सेयर किनबेच भए ।

उक्त किनबेचमा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार सेयर बजारमा ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएकामध्ये लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य बढे । सामूहिक लगानी कोष उपसमूहको परिसूचक स्थिर छ । बाँकी सबै उपसमूहको परिसूचक घटे ।

कान्तिपुर संवाददाता

Link copied successfully