टिकेन नेप्से वृद्धि, ९ अर्ब ३३ करोड रुपैयाँको कारोबार

समाज लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Tiken Nepse growth, turnover of 9 billion 33 crore rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४१.७८ अंकले घटेको छ । एक दशमलव ४५ प्रतिशतले नेप्से घटेपछि २८ सय ३३ दशमलव ५७ विन्दुमा ओर्लिएको छ । सोमबार नेप्से २८६५ विन्दुमा बन्द भएको थियो । 

कारोबारमा आएकामध्ये ४६ कम्पनीको सेयर मूल्य बढ्यो भने २०४ कम्पनीको मूल्य घट्यो । एक लाख ३० हजार ९५३ पटकको किनबेचबाट २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर किनबेच भयो । 

सोमबारको तुलनामा मंगलबार कारोबार रकम घटेको छ । कुल ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेपछि सर्किट ब्रेक लाग्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully