तीन कारोबार दिनपछि बढ्यो नेप्से

कुल १४० कम्पनीको सेयर मूल्य बढ्यो भने ११० कम्पनीको मूल्य घट्यो ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased after three trading days

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १६.४६ अंकले बढेको छ । शून्य दशमलव ५७ प्रतिशतले बढेर २ हजार ८ सय ७५ दशमलव ३६ विन्दुमा उक्लिएको छ ।

गत बुधबार नेप्से लगातार घटिरहेको थियो । कुल १४० कम्पनीको सेयर मूल्य बढ्यो भने ११० कम्पनीको मूल्य घट्यो  ।

नेप्सेका अनुसार १ लाख ४९ हजार २७४ पटकको किनबेचबाट १० अर्ब ८२ करोड २४ लाख रुपैयाँ कारोबार भएको छ । कुल २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर किनबेच भए ।

बैंकिङ, जलविद्युत्, व्यापार, जीवन बिमा, लघुवित्त, व्यापार उपसमूहहरू बढ्यो । 

कान्तिपुर

Link copied successfully