नेप्सेको ओरालो यात्रा कायमै

सेयर बजारमा कुल ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच हुँदा, १६ कम्पनीको मूल्य बढेको र २३३ को घटेको छ।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

NEPSE's downward journey continues

काठमाडौँ — साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ। गत बुधबारयता ओरालो लागेको नेप्से आइतबार पनि थामिएन । नेप्से आइतबार ६३.७३ अंकले घटेको छ।

गत बुधबार ४७.९३ र बिहीबार ३१.५० अंकले घटेको थियो।नेप्से २.१८ प्रतिशतले घटेर २८५८.९० विन्दुमा ओर्लिएको छ।

कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ। कुल १ लाख ५२ हजार ५१८ पटकको किनबेचबाट १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ। नेप्सेका अनुसार कुल ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच भएको हो।

ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। थ्री स्टार हाइड्रोपावरको ४.५५, नारायणी विकास बैंकको ३.८६ र लुम्बिनी विकास बैंकको २.५० प्रतिशतले सेयर मूल्य बढेको छ।

सान्भी इनर्जीको सेयर मूल्य ९.९९ र समता घरेलु लघुवित्तको ९.९६ प्रतिशतले घटेको छ। ग्रिन भेञ्चर्सको ५.७७, सिक्लेस हाइड्रोपावरको ५.५८ र उन्नति सहकार्य लघुवित्तको ५.५२ प्रतिशतले सेयर मूल्य घटेको छ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप पावर अघि रहेका छन्।

नेपाल रिइन्स्योरेन्स कम्पनीको ७५ करोड ३९ लाख, हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ५८ करोड ८२ लाख, शिवम् सिमेन्टको ५५ करोड २ लाख र ङादी ग्रुप पावरको ४२ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

कान्तिपुर

Link copied successfully