३०.७६ अंकले बढ्यो नेप्से, साढे १८ अर्ब रुपैयाँको कारोबार

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by 30.76 points, turnover of 18.5 billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७६ अंकले बढेको छ । मंगलबार एक दशमलव शून्य ३ प्रतिशतले बढेर नेप्से ३ हजार २ दशमलव ०७ विन्दुमा उक्लिएको छ । आइतबार १८.४४ अंकले घटेको नेप्से सोमबार ७ अंकले बढेको थियो । 

कुल १७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ७४ कम्पनीको मूल्य घट्यो ।

कुल १ लाख ५७ हजार ५२५ पटकको किनबेचबाट १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भयो । 

मुक्तिनाथ  कृषि कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । 

विकास बैंक, फाइनान्स र व्यापार उपसमूह घट्यो । बाँकी सबै उपसमूहहरू बढ्यो ।

कान्तिपुर

Link copied successfully