सामान्य अंकले घट्यो नेप्से

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by normal points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २.०७ अंकले घटेको छ । आइतबारको तुलनामा सोमबार शून्य दशमलव शून्य ६ प्रतिशतले घटेपछि नेप्से २९ सय ६२ विन्दुमा ओर्लिएको छ । नेप्से आइतबार १८‍.४४ अंकले घटेको थियो ।

कुल ९४ कम्पनीको सेयर मूल्य बढ्यो भने १५६ कम्पनीको मूल्य घट्यो । 

विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह बढ्यो । बाँकी सबै उपसमूहहरू घट्यो ।

कुल १ लाख ७० हजार ७२६ पटकको सेयर किनबेचबाट ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully