प्राविधिक कारण देखाउँदै नेप्सेले सच्यायो कारोबार तथ्यांक

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

NEPSE corrected the transaction data citing technical reasons

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ७‍‍‍‍.१० अंकले बढेको छ । आइतबारको तुलनामा सोमबार शून्य दशमलव शून्य २३ प्रतिशतले बढेपछि नेप्से २९ सय ७१ विन्दुमा उक्लिएको छ । 

यसअघि बजार बन्द हुँदमा नेप्से २.०७ अंकले घटेको थियो । कुल ११५ कम्पनीको सेयर मूल्य बढ्यो भने १३५ कम्पनीको मूल्य घट्यो । 

बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह बढ्यो । बाँकी सबै उपसमूहहरू घट्यो । कुल १ लाख ७० हजार ७२६ पटकको सेयर किनबेचबाट ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेले सूचना जारी गर्दै प्राविधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको जनाएको छ । 

‘नेप्सेको कारोबार प्रणालीमा कारोबार समय प्रश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राविधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको छ,’सूचनामा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully