१८.४४ अंकले घट्यो नेप्से, साढे २६ अर्ब रुपैयाँको कारोबार

समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by 18.44 points, turnover of 26 and a half billion rupees

काठमाडौँ — साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.४४ अंकले घटेको छ । गत बिहीबारको तुलनामा शून्य दशमलव ६१ प्रतिशतले घटेपछि नेप्से  २९ सय ६४ दशमलव २०  विन्दुमा ओर्लिएको छ । 

कुल ६३ कम्पनीको सेयर मूल्य बढ्यो भने १८६ कम्पनीको मूल्य घट्यो । कुल २ लाख ३ हजार ६५८ पटकको किनबेचबाट ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमूह मात्रै बढ्यो । बाँकी उपसमूहहरू घट्यो । 

समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully