सुनको भाउ तोलामा ११ सय रुपैयाँले घट्यो

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Gold price fell by Rs 1100 per tola

काठमाडौँ — सुनको भाउ आइतबार तोलामा १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार सुनको भाउ तोलाको १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने शुक्रबारको तुलनामा आइतबार ५० रुपैयाँले घटेको छ । शुक्रबार २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार २ हजार २ सय ९० रुपैयाँ कायम भएको छ ।

कान्तिपुर

Link copied successfully