ग्रिन भेञ्चरको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४.४८ अंकले बढेको छ । शून्य दशमलव १५ प्रतिशतले बढेर नेप्से २९ सय ८३ दशमलव ३६ विन्दुमा उक्लिएको छ ।
कुल १२३ कम्पनीको सेयर मूल्य बढ्यो भने १२७ कम्पनीको घट्यो ।
कुल १ लाख ५४ हजार ६४२ पटकको किनबेचबाट १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कुल १३ उपसमूहमध्ये विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र सामूहिक लगानी कोष मात्रै बढ्यो । जीवन बिमा, निर्जीवन बिमा, फाइनान्स, बैकिङलगायत उपसमूहहरु घट्यो ।
ग्रिन भेञ्चरको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । ट्रेड टावर, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले मूल्य बढ्यो ।
