काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८०.९७ अंकले बढेको छ । मंगलबार २ दशमलव ७९ प्रतिशतले बढेर नेप्से विन्दु २९ सय ७३ दशमलव ७० विन्दुमा उक्लिएको छ ।
कुल २३६ कम्पनीको सेयर मूल्य बढ्यो भने १४ कम्पनीको मूल्य घट्यो । आज सबै उपसमूहहरू बढ्यो । जीवन बिमा ६०६.६५, उत्पादन तथा प्रशोधनको ३४८.६६, होटल तथा पर्यटनको २४९.७३ र लघुवित्तको २२१.५४ अंकले बढेको छ ।
कुल १ लाख ७७ हजार १०१ पटकको किनबेचबाट ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम बढेको छ । नेप्सेका अनुसार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ कारोबार भएको थियो ।
ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । शिवम् सिमेन्टको ९.९९, सान्भी इनर्जीको ९.९९, उन्नति सहकार्य लघुवित्तको ९.९० र बिन्दाबासीनि हाइड्रोपावरको ९.७६ प्रतिशतले सेयर मूल्य बढ्यो ।
एलबीबीएल डिबेञ्चर (२०८९) को ३.९४, एनआइबीएल ग्रोथ फन्डको ३.०१, बोटलर्स नेपाल (बालाजु)को २.४६, ग्रिन डेभलपमेन्टको २.१९ र पञ्चकन्या माई हाइड्रोपावरको २.०३ प्रतिशतले मूल्य घट्यो ।
