भैरहवा भन्सारको राजस्व असुलीमा सुधार, गत वर्ष ९५ अर्ब १९ करोड संकलन

श्रावण ४, २०८२

दीपेन्द्र बडुवाल

Improvement in revenue collection of Bhairahawa customs, collection of 95 billion 19 crores last year

What you should know

भैरहवा — रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली गरेको छ । गत वर्ष साउनदेखि असार मसान्तसम्म उक्त रकम संकलन गरेको हो । उक्त असुली लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको थियो । कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार गत वर्ष लक्ष्यको नजिक राजस्व संलकन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा असुलीमा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्ष ८० अर्ब ८४ करोड १७ लाख ४८ हजार राजस्व संलकन भएको थियो । 

सूचना अधिकारी चौधरीका अनुसार गत वर्ष पैठारीका आधारमा सबैभन्दा धेरै मोटरसाइकल आयात गरिएको थियो । उक्त अवधिमा १६ अर्ब ९१ करोड ८५ लाख ४४  हजारका सबै प्रकारका १ लाख ४४ हजार १ सय ९४ थान मोटरसाइकल आयात गरिएको थियो । त्यसबापत १७ अर्ब २१ करोड २१ लाख २७ हजार राजस्व संकलन भएको थियो । दोस्रो नम्बरमा जिप, कार, भ्यान आयात गरिएको छ । गत वर्ष ४ अर्ब १५ करोड १५ लाख ३८ हजारका ३ हजार ७ सय ६१ थान यस्ता सवारीसाधन आयात गरिएको थियो । यसबाट १० अर्ब ३५ करोड ४७ लाख ९६ हजार राजश्व असुली भएको थियो । 

त्यस्तै, ६ अर्ब ८९ करोड ११ लाख ९ हजार मूल्यको ७० हजार केएल पेट्रोल आयातबाट ३ अर्ब ९७ करोड १५ लाख ६८ हजार राजस्व संकलन भएको छ । असुलीमा योगदान गर्ने अन्य प्रमुख वस्तुमा विद्युतीय सवारीका साधन, डबल पिकअप गाडी, शुद्ध फलाम, मोबाइल/टेलिफोन, एमएस बिलेट, चकलेट र एलपी ग्यास रहेका छन् ।

प्रमुख १० वस्तुको राजस्वमा योगदान ४४ अर्ब ८८ करोड ५३ लाख २७ हजार रहेको छ । यो कुल राजस्व असुलीको ४७ दशमलव १५ प्रतिशत रहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।  

दीपेन्द्र

Link copied successfully